• सोमबार, भाद्र २२ २०८३

बागमतीमा १८ लाखले लगाए कोरोनाविरुद्धको पूर्ण खोप


मंगलबार, भाद्र २२ २०७८
1000
Shares


बागमती प्रदेशमा हालसम्म १८ लाख ४८ हजार ५८८ जनाले कोरोना भाइरस सङ्क्रमण विरुद्धको पूर्ण खोप लगाएका छन् ।

बागमतीमा १८ वर्ष उमेर माथिका ३२ प्रतिशत नागरिकले पूर्ण खोप लगाएको प्रदेशको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

प्रदेशमा खोपको पहिलो मात्रा लगाएका नागरिकको सङ्ख्या छ लाख १५ हजार ६६६ अर्थात् १४ प्रतिशत रहेको छ । प्रदेशमा १८ वर्षभन्दा माथिका उमेर समूहमध्ये हालसम्म कुनै पनि खोप नलगाउने नागरिकको सङ्ख्या ३३ लाख ६४ हजार १०६ अर्थात् ५८ प्रतिशत रहेको छ ।

देशभर कोरोना विरुद्धको पूर्ण खोप लगाउनेको सङ्ख्या हालसम्म ४८ लाख ९५ हजार १५२ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । खोपको पहिलो मात्रा लगाउनेको सङ्ख्या हालसम्म ५५ लाख ३३ हजार ७९४ रहेको छ । रासस

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार