• बिहिबार, असोज ८ २०८३

गोरखामा घाँस काट्न गएका एक पुरुष बेपत्ता, त्रिसुली नदीले बगाएको आशंका


मंगलबार, भाद्र २२ २०७८
845
Shares

गोरखा । गोरखाको गण्डकी गाँउपालिका — ८ सिउरिनीटारका एक पुरुष बेपत्ता भएका छन् ।

हिजो (सोमबार) दिउँसो ४ः ०० बजे त्रिसुली नदीको किनारमा घाँस काट्न भनी गएका स्थानीय ६५ बर्षका भक्त बहादुर माझी बेपत्ता भएको डिएसपी प्रकाश दाहालले जानकारी दिए ।

साँझ अबेर सम्म घर नफर्के पछि आफ्न्तले स्थानीय प्रहरी चौकी घ्याल्चोकमा खबर गरेका थिए । त्यसपछि प्रहरी टोली खोजतलासका लागी खटिएको थियो ।

प्रहरीले अनुसन्धानको क्रममा घटनास्थलमा व्यक्तिको लाइटर,सुर्ती,चप्पल र हसियाँ फेला पर्नुको साथै स्थानिय मिठु तामाङले सोहि समयमा नदीको किनारमा दाँउरा तान्दै गर्दा एकजना मानिसलाई बगाई ल्याएको आफुले देखेको तर उद्दार गर्न नसकेकोले तत्काल स्थानियलाई खबर गरेको बुझिन आएको प्रहरीले जनाएको छ ।

ती व्यक्तिलाई घाँस काट्न जाँदा हातमुख धुन जाने क्रममा चिप्लिएर नदिले बगाएको हुनसक्ने प्रारम्भिक अनुमान गरीएको छ ।

डिएसपी दाहालका अनुसार प्रहरीचौकी घ्याल्चोक तथा जिल्ला प्रहरी कार्यालय चितवन संग समन्वय गरी बेपत्ता व्यक्तिको खोजी कार्य भई रहेको बताए ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार