• शुक्रबार, असोज ९ २०८३

चरेस बोकेर कतार जान लागेका २ जना विमानस्थलबाट पक्राउ


मंगलबार, भाद्र २२ २०७८
1K
Shares

Modern metal handcuffs. Vector illustration in flat style


लागूऔषध चरेस बोकेर कतारको दोहा जान लागेका दुई जना त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ परेका छन् ।

विमानस्थलको प्रस्थान कक्षबाट ४ किलो ३५ ग्राम अवैध लागूऔषध ‘चरेस’ सहित दुईजनालाई पक्राउ गरिएको लागु औषध नियन्त्रण ब्यूरोले जानकारी दिएको छ ।

पक्राउ पर्नेमा म्याग्दीको मंगला गाउँपालिका–३ घर भएका ३६ वर्षीय श्याम प्रसाद रोका र ३५ वर्षका वीर बहादुर रोका मगर छन् ।

सोमबार बिहान उनीहरु कतार एअरको उडानमार्फत दोहा जान लागेका थिए । विमानस्थलमा खटिएको प्रहरीले चेकजाँच गर्दा उनीहरुको सुटकेसभित्र चरेश फेला परेको थियो ।

लागूऔषध ‘चरेस’ मुद्दामा जिल्ला अदालत काठमाडौंबाट म्याद लिएर उनीहरुमाथि ब्यूरोले अनुसन्धान गरिरहेको छ । कतारमा सो चरेस पठाउने मुख्य आरोपी फरार छन् ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार