• शुक्रबार, असोज ९ २०८३

आजदेखी जिल्ला प्रशासन र मालपोत कार्यालयको सेवा नियमित हुने


मंगलबार, भाद्र २२ २०७८
725
Shares


गोरखा । आजदेखी जिल्ला प्रशासन कार्यालय गोरखा र मालपोत कार्यालयको सेवा नियमित प्रबाह हुने भएको छ ।

जिल्ला प्रशासन कार्यालयले आइतबारदेखि नै शनिबारबाहेक सबै बार सबै पालिकाका सेवाग्राहीलाई सेवा प्रबाह गर्न सुरु गरेको छ ।

तर, मालपोत कार्यालयले भने आज (मंगलबार)देखि नियमित रुपमा सेवाग्राहीलाई सेवा दिने निर्णय गरेको छ । कोरोना संक्रमण जोखिमका कारण कार्यालयले यस अघि पालिका अनुसार बार तोकेर सेवा उपलब्ध गराउँदै आएको थियो ।

यसअघि रोकिएका सबै सेवाहरु सुचारु गर्ने निर्णय भएको कार्यालयले सूचना जारी गरेर जनाएको छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार