• बिहिबार, असोज ८ २०८३

‘मानवअधिकार कार्यान्वयनका लागि स्थानीय तह जिम्मेवार बन्नुपर्ने’


मंगलबार, भाद्र २२ २०७८
935
Shares

गोरखा । मानव अधिकार कार्यान्वयनको लागि स्थानीय तह जिम्मेवार बन्नु पर्ने जिल्लाका सरोकारवालाहरुले बताएका छन् । आइतबार भएको मानव अधिकार सम्बन्धी परामर्श गोष्ठीमा बोल्दै उनीहरुले संबिधानले दिएको हक अधिकार प्रदान गर्न स्थानीय सरकारले पनि प्रतिवद्ध हुने पर्नेमा जोड दिए ।

त्यसको लागि आवश्यक कार्ययोजना एवं कार्यविधि निर्माण गरी नागरिकलाई बढि भन्दा बढि सुबिधा प्रदान गर्नु पर्ने उनीहरुको भनाई छ । गोरखा नगरपालिकाको समन्वय तथा सोच नेपालको आयोजना भएको कार्यक्रममा बोल्दै गोरखा नगरपालिकाका प्रमुख राजनराज पन्तले नागरिकको अधिकार संरक्षण संरक्षणमा प्रतिवद्ध रहेको बताए ।

त्यसको लागि आवश्यक नीति नियम एवं कार्ययोजना बनाउन आफूहरु तयार रहेको पन्तको भनाई छ । कार्यक्रममा अधिवक्ता स्थानेश्वर दुवाडीले मानव अधिकारी सम्बन्धी व्यवस्था र स्थानीय सरकारको जिम्मेवारीको विषयमा कार्यपत्र प्रस्तुत गरेका थिए ।

कार्यक्रममा गोरखा नगरपालिकाका जनप्रतिनिधि कर्मचारी, जिल्लामा क्रियाशिल नागरिक समाजका प्रतिनिधि सञ्चारकर्मी एवं पत्रकारहरुको सहभागिता रहेको थियो ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार