• बिहिबार, असोज ८ २०८३

गण्डकीका विद्यालय आजदेखि खुल्ने


मंगलबार, भाद्र २२ २०७८
705
Shares

गोरखा । गण्डकी गाउँपालिकामा आजबाट विद्यालयहरु सञ्चालनमा आउने भएका छन् । गाउँपालिकाको शिक्षा शाखाले सोमबार एक सूचना जारी गर्दै पालिका भित्र रहेको सबै बिद्यालयहरु २२ गते मंगलबारबाट सञ्चालनमा ल्याउने अनुमती दिएको हो ।

भाद्र ७ गते बसेको शिक्षा समितिको बैठकले सहज परिस्थिति भएपछि विद्यालयहरु नियमित रुपमा सञ्चालन गर्ने निर्णय गरेको थियो ।

कोरोना संक्रमण कम हुँदै गइरहेकाले अनुकल परिस्थिती निर्माण भएको निष्कर्ष सहित विद्यालय सञ्चालनको अनुमती दिईएको शिक्षा शाखा प्रमुख सुदिप पन्थले जानकारी दिए ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार