पछिल्लो २४ घण्टामा थप १ हजार ८९७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।
स्वास्थ्य जनसंख्या मन्त्रालयका अनुसार सोमबार १५ हजार ९ सय ७९ जनामा कोरोना परीक्षण गर्दा सो संख्यामा संक्रमित थपिएका हुन्।
पछिल्लो २४ घण्टामा ११ हजार ६ सय ९ जनाको पिसिआर र ४ हजार ३ सय ७० जनाको एन्टिजेन परीक्षण गरिएको थियो।
त्यस्तै, १ हजार ७ सय ४३ जना कोरोना संक्रमणबाट मुक्त भएका छन्।
यसको संक्रमणबाट थप २० जनाले ज्यान गुमाएका छन्। योसँगै मृत्यु हुनेको संख्या १० हजार ८५८ पुगेको छ।
हाल सक्रिय संक्रमित ३० हजार ९ सय ७३ सय छन्। यसैगरी हालसम्म निको हुनेको दर ९४.६ प्रतिशत रहेको छ।
यस्तै, संक्रमितमध्ये काठमाडौं उपत्यकामा ६ सय ६ जनालाई संक्रमण देखिएको छ। काठमाडौंमा ४ सय १८, भक्तपुरमा १०१ र ललितपुरमा ८७ जना संक्रमित थपिएका हुन्।