• बुधबार, कार्तिक २६ २०८३

भदौ २३ गतेबाट मनकामना, गोरखकाली लगायतका मन्दिर खुल्ने


सोमबार, भाद्र २१ २०७८
680
Shares

dgsfdgfdf bz{gfyL{sf] eL8 a8fbz}FcGtu{t dxfci7dLsf cj;/df uf]/vfsf] dgsfdgf dlGb/df a'waf/ bz{gfyL{sf] eL8 . t:jL/ M bLks >]i7, uf]/vf, /f;;


गोरखा । गोरखाका प्रसिद्ध धार्मिक स्थल गोरखकाली, मनकामना लगायतका मन्दिर भदौ २३ गतेदेखी खुल्ने भएको छ ।

जिल्ला प्रशासन कार्यालयले भदौ २३ गते बुधबारदेखी भक्तजनका लागी मन्दिर खुल्ला गरिने जनाएको छ ।

आज मनकामना क्षेत्र विकास समितीका पदाधिकारी तथा शहिद लखन १,२ का जनप्रतिनिधी र प्रमुख जिल्ला अधिकारीबिच भएको छलफलले आवश्यक स्वास्थ्य सुरक्षाका मापदण्ड कडाईका साथ पालना गर्ने/गराउने गरी मन्दिर खुल्ला गर्ने निर्णय गरेको हो ।

कोरोना संक्रमण जोखिमका कारण मन्दिर पाँच महिनादेखी बन्द थियो । मन्दिर खुलेसँगै केबलकार पनि सञ्चालनमा ल्याउने मनकामना दर्शन प्रालिको तयारी छ ।

हिजो आइतबारदेखी नै केबलकार सञ्चालन गर्ने भनिएता पनि प्रशासनले मन्दिर खुले पछि मात्रै सञ्चालन गर्न मौखिक आग्रह गरेपछि रोकिएको थियो ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार