• बिहिबार, असोज ८ २०८३

पहिरोमा परेर १० वर्षीय बालकको मृत्यु


सोमबार, भाद्र २१ २०७८
780
Shares


गए रातिदेखि आएको अविरल वर्षाका कारण नलगाड नगरपालिका–५ ढारसिर्केमा पहिरोमा परेर एकै घरका दुई व्यक्ति घाइते भएका छन् भने बालकको मृत्यु भएको छ ।

बिहान ३ः ०० बजे पहिरोसहित आएको ढुङ्गाले ४६ वर्षीय गोरखबहादुर खड्का र उनकी ३५ वर्षीया श्रीमती शिला खड्का घाइते भएकी छन् ।

उनका १० वर्षीय छोरा प्रचण्ड खड्काको मृत्यु भएको प्रहरीले जनाएको छ । घाइतेको उपचार दल्लीस्थित स्वास्थ्य संस्थामा भइरहेको छ । रासस

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार