• बिहिबार, असोज ८ २०८३

असोज १ गतेदेखि काठमाडौं उपत्यकाका विद्यालय खुल्ने


सोमबार, भाद्र २१ २०७८
975
Shares


काठमाडौं ।
काठमाडौं उपत्यकामा आगामी असोज १ गतेदेखि विद्यालय खुल्ने भएका छन्।

आज दिउँसो काठमाडौं सिडिओ लगायत उपत्यकाका स्थानीय तहहरूबीच भएको बैठकले असोज १ गतेदेखि विद्यालय खोल्ने निर्णय गरेको हो।

काठमाडौं प्रमुख जिल्ला अधिकारी कालिप्रसाद पराजुलीले उपत्यकाका स्थानीय तहहरूले कोभिडको अवस्था हेरी असोज १ गतेदेखि विद्यालय खोल्न सक्ने जानकारी दिए।

पराजुलीका अनुसार विद्यालय सञ्चालन गर्दा नगरपालिकाहरूले अनिवार्य सरकारले तोकेको स्वास्थ्य प्रोटोकल पालना गर्नुपर्ने र सोको पालना भएकोरनभएको भनेर नियमित नियमन गर्नुपर्ने छ।

केही नगरपालिकाहरूले भने यसअघि नै विद्यालय खोल्न थालेको भन्दै अधिकारी पराजुलीले अब भने सबै स्थानीय तहमा एकरूपता ढंगबाट विद्यालय सञ्चालन गर्ने गरी आजको बैठकले निर्णय गरिएको जनाए।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार