• बिहिबार, असोज ८ २०८३

अरनिको राजमार्ग दश घण्टापछि खुल्योे


सोमबार, भाद्र २१ २०७८
755
Shares

8'afgdf k/]sf] sf/0f km;]sf] ;jf/L;fwg ag]kf, @! ebf} M c/lgsf] /fhdfu{ ;8s v08cGtu{t sfe|]knf~rf]sf] ag]kf gu/kflnsf–( l:yt k'nahf/ If]qdf cfOtaf/ /fltb]lv k/]sf] clj/n jiff{sf sf/0f 8'afgdf k/]kl5 ;8s v08df km;]sf] ;jf/L;wfg . 8'afgdf k/]sf sf/0f c/lgsf] /fhdu{sf] ag]kf v08df oftfoft 7Kk /x]sf] 5 . t:jL/ M k]df nfdf÷ /f;;


पुन्यमाता खोलामा आएको बाढीका कारण डुबानमा परेर अवरुद्ध भएको अरनिको राजमार्गअन्तर्गत काभ्रेपलाञ्चोकको बनेपा पुलबजार खण्डमा पानीको बहाव घटेपछि करिब दश घण्टापछि यातायात सञ्चालनमा आएको छ ।

पुलबजार डुबानमा परेको कारण आज बिहान २ः०० बजेदेखि अवरुद्ध भएको सडकखण्ड खोलामा पानीको बहावसँगै केअस्बेर पहिलेदेखि यातायात सञ्चालन भएको प्रहरीले जनाएको छ ।

आइतबार रातिदेखि परेको भारी वर्षाका कारण नालाहुँदै बनेपा–पनौती भएर बग्ने पुण्यमाता खोलामा आएको बाढीका कारण बनेपा पुलबजार क्षेत्र डुबानमा परेपछि बिहान २ बजेदेखि अरनिको राजमार्ग सडकखण्डअन्तर्गत बनेपा खण्डमा यातायात ठप्प भएको थियो ।

खोलामा आएको बाढीले बनेपा नगरपालिका– ९ र १० को सिमानामा पर्ने पुलबजार क्षेत्रको पुललगायत बजार क्षेत्र नै पूरै डुबानमा परेका कारण चल्न नसकेको यातायातका साधन अहिले सञ्चालन भएको जिल्ला ट्राफिक प्रहरी कार्यालयले जनाएको छ । रासस

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार