पाँचथर मिक्लाजुङ गाउँपालिका—२ लक्ष्मीचौकमा ट्याक्टरले किच्दा सह—चालकको मृत्यु भएको छ।
मृत्यु हुनेमा सोही ठाउँका २९ वर्षीय अविषेक आङदेम्बे रहेका छन्।
आइतबार दिउँसो लसुने खोलाबाट ढुंगा लोड गरी आउँदै गरेको प्रदेश नम्बर १—०१००१ त ९०३४ ट्याक्टर रोक्ने क्रममा अभिषेकलाई पछाडीको चक्काले किचेको थियो।
गम्भीर घाइते भएका उनको उपचारको लागि आधारभुत अस्पताल रवि लाने क्रममा बाटैमा मृत्यु भएको प्रहरीले जनाएको छ।
ट्याक्टर र चालक सोही स्थानका २८ वर्षीय आइतहाङ आङदेम्बे इलाका प्रहरी कार्यालय रविको नियन्त्रणमा छन्।