• बिहिबार, असोज ८ २०८३

गोरु काटेको आरोपमा तीन जना पक्राउ


सोमबार, भाद्र २१ २०७८
690
Shares


गोरु काटेको आरोपमा प्रहरीले स्याङ्जाको भिरकोट नगरपालिका–८ ढापुकफेदीबाट तीन जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा ढापुकफेदी बस्ने नैन सिंह गुरुङ, हुम प्रसाद गुरुङ र खेम गुरुङ छन् ।

सुराकीको आधारमा प्रहरी चौकी दहथुमबाट खटिएको टोलीले उनिहरुलाई पक्राउ गरेको हो । गएराती १ बजेको समयमा गोरु काटेर भागबण्डा लगाउँदै गरेको अवस्थामा प्रहरीले उनिहरुलाई पक्राउ गरेको हो ।

आरोपीहरुमाथि पशुपन्छी सम्बन्धी कसुरमा मुद्दा दर्ता गरेर अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय स्याङजाले जनाएको छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार