• बिहिबार, असोज ८ २०८३

अनिश्चितकालका लागि स्थगित भयो ब्राजिल र अर्जेन्टिनाको विश्वकप छनोट खेल


सोमबार, भाद्र २१ २०७८
540
Shares


एजेन्सी । ब्राजिल र अर्जेन्टिनाबीच भएको विश्वकप छनोट खेल सुरू हुनासाथ स्थगित भएको छ।

बिबिसीका अनुसार सोमबार बिहान ब्राजिलको साओ पाउलोमा खेल सुरू हुनासाथ ब्राजिलका स्वास्थ्य अधिकारीहरूले अर्जेन्टिनी खेलाडीले कोभिड—१९ क्वारेन्टिनको मापदण्ड पालना नगरेको भन्दै हस्तक्षेप गरेका थिए।

स्वास्थ्य अधिकारीहरूले इंग्लिस प्रिमियर लिग खेल्ने अर्जेन्टिनाका तीन खेलाडीले कोभिड प्रोटोकल पालना नगरेको बताएपछि खेल सुरू भएको केही मिनेटमै स्थगित भएको हो।

ब्राजिलले आफ्नो देशमा आउनेहरू १४ दिनअघिसम्म बेलायतमा भएको भए ब्राजिल आएपछि १४ दिन अनिवार्य क्वारेन्टिनमा बस्नु पर्ने नियम लागु गरेको छ। ती खेलाडीहरूले यही नियम पालना नगरेको बताइएको छ।

दक्षिण अमेरिकाका यी दुई चीर प्रतिद्धन्द्धवीबीच अब कहिले छनोट खेल हुन्छ भन्ने टुंगो भइसकेको छैन।

अर्जेन्टिनाका खेलाडीले आगामी शुक्रबार घरेलु मैदानमा बोलिभियासँग विश्वकप छनोट खेल्दै छन्। त्यसको तयारीका लागि उनीहरू ब्राजिलबाट फर्किँदै छन्।

विश्वकपमा दक्षिण अमेरिका महादेशबाट ४ वा ५ देश छनोट हुन्छन्। छनोट चरणमा सबै देशले एकअर्कासँग दुई—दुई पटक खेल्नुपर्छ। सोमबार ब्राजिल र अर्जेन्टिनाले छनोटका लागि पहिलो खेल खेल्दै थिए।

ब्राजिल यसअघि भएका सात वटै छनोट खेलमा जित निकालेर २१ अंकसहित अंकतालिकाको शीर्ष स्थानमा छ भने अर्जेन्टिना १५ अंकसहित अंकतालिकामा दोस्रो स्थानमा छ। चार खेलमा जित हात पारेको अर्जेन्टिनाले तीन खेल बराबर खेलेको थियो।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार