• बिहिबार, असोज ८ २०८३

पहिरोले घर पुरिँदा एकै परिवारका दुईको मृत्यु


सोमबार, भाद्र २१ २०७८
710
Shares

पहिरोले घर पुरिँदा दुई जनाको मृत्यु भएको छ।

रोल्पा नगरपालिका वडा नम्बर १० थवाङमा गए राति पहिरोले घर पुरिँदा ५ वर्षीय बालक र ७० वर्षीया वृद्धाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रोल्पाले जानकारी दिएको छ।

प्रहरी नायब उपरीक्षक नरेशराज सुवेदीका अनुसार करिब दुई सय मिटर माथिबाट आएको पहिरोले घर पुर्दा दुई जनाको मृत्यु भएको हो।

मृत्यु भएकाहरूको नाम खुलेको छैन। पहिरोमा परेर दुई जना घाइते भएका छन्। प्रहरीका अनुसार उनीहरू सामान्य घाइते छन्। मृत्यु भएका दुई जना एकै परिवारका हुन्।

पहिरोले एक घर पूर्ण रूपमा र दुई घरमा अंशिक क्षति पुर्‍याएको प्रहरीले जनाएको छ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार