• शनिबार, साउन ९ २०८३

भ्याट सहितको दोहोरो लेखा प्रणाली तालिम सम्पन्न


सोमबार, फाल्गुन ५ २०७६
1.8K
Shares

गाेरखा । सदरमुकाममा भ्याट सहितको दोहोरो लेखा प्रणाली तालिम सम्पन्न भएको छ । गोरखा उद्योग बाणिज्य संघको आयोजनामा तिन दिने तालिम भएको हो ।

जिल्लाका बिभिन्न पालिकामा ब्यवसाय संचालन गरिरहेका तथा सेवा मूलक संघसंस्थामा आवद्ध ४१ जनालाई तालिम दिइएको हो ।

भ्याट सहितको दोहोरो लेखा प्रणालीको अभिलेख राख्न, ब्यवसाय वा फर्महरुको लेखा प्रणाली चुस्त दुरुस्त बनाउनुका साथै क्षमता अभिबृद्धि, वर्तमान आर्थिक नीति नियमको जानकारी गराउने लगायतका उदेश्यले तालिमको आयोजना गरिएको संघका अध्यक्ष जीवनज्योती श्रेष्ठले बताए ।

तालिममा गोरखा नगरपालिका, पालु्ङटार नगरपालिका आरुघाट, सिरानचोक, अजिरकोट, शहिद लखन, भिमसेन थापा, वारपाक सुलिकोट र धार्चे गाउँपालिकाका प्रमुख व्यापारिक केन्द्रहरुका विभिन्न व्यवसायमा आबद्ध ४१ जनाको सहभागीता रहेको थियो ।

शुक्रबारदेखि सुरु भएको तालिमको आइतबार समापन गरिएको संघका कार्यालय सचिव दिपेन्द्र श्रेष्ठले जानकारी दिए ।

अध्यक्ष श्रेष्ठको अध्यक्षतामा भएको समापन कार्यक्रममा आन्तरिक राजश्व कार्यालय दमौलीका प्रमुख सूर्यप्रसाद सेडाँईको प्रमुख आतिथ्यता रहेको थियो । कार्यक्रममा प्रशिक्षार्थी सुरेन्द्र पौडेल, प्रशिक्षार्थी मध्येबाट रामबाबु ढकाल लगायतले बोलेका थिए ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार