गोरखा । गोरखामा आज थप ४० जना कोरोना संक्रमण मुक्त भएका छन् । हाल जिल्लामा कोरोनाका सक्रिय संक्रमितको संख्या एक सय भन्दा कम रहेको छ ।
स्वास्थ्य कार्याल गोरखाका अनुसार ४० जना निको भएसँगै सक्रिय संक्रमितको संख्या ६८ जना रहेको जनाएको छ । यस्तै आज ४ जनामा संक्रमण पुष्टि भएको छ ।
सबै भन्दा धेरै संक्रमित आरुघाट गाँउपालिकामा २९ जना रहेका छन् । यसैगरी गोरखा नगरपालिकामा १४, पालुङटार र भिमसेन थापामा ८/८, आजिरकोटमा ५, धार्चेमा ३ र सिरानचोकमा १ जना संक्रमित रहेका छन् ।
बारपाक सुलिकोट, शहिद लखन, गण्डकी र चुमनुब्रीमा भने संक्रमितको संख्या शून्य रहेको । संक्रमित मध्ये ५ जना कोभिड अस्पतालमा उपचारत छन् । बाँकी सबै होम आइसोलेशनमा रहेका छन् ।