आइतबार देशभर १ हजार ८९ जनामा कोरोना संक्रमण देखिएको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार यस दिन कुल ७ हजार ९ सय ७१ जनाको नमुना परीक्षण गर्दा सो संख्याका संक्रमित थपिएका हुन्। पछिल्लो २४ घण्टामा २० जना संक्रमितको मृत्यु पुष्टि भएको छ।
यीसहित हालसम्म देशभर कोरोनाबाट मृत्यु हुनेको संख्या १० हजार ८ सय ३८ पुगेको छ। त्यस्तै पछिल्लो २४ घण्टाको अवधिमा १ हजार ५३४ जना कोरोनाबाट मुक्त भएका छन्।
मन्त्रालयका अनुसार हालसम्म संक्रमितमध्ये ९४.५ प्रतिशत निको भइसकेका छन् भने १.४ प्रतिशतको मृत्यु भएको छ। बाँकी ४ प्रतिशत सक्रिय संक्रमित छन्।
सक्रिय संक्रमितको संख्या देशभर ३१ हजार २ सय ४८ पुगेको छ।
हाल देशभरका अस्पतालमा ५ सय २३ जना संक्रमितको सघन उपचार कक्षमा उपचार भइरहेको छ। तिमध्ये १ सय ६२ जना भेन्टिलेटरको सहायतामा छन्।