गोरखा । मनकामना केबलकार मन्दिर खुलेपछि मात्र सञ्चालनमा आउने भएको छ । केबलकार आज (आईतवार)देखि संचालन गर्ने तयारी मनकामना दर्शन प्रालीको थियो ।

तर, जिल्ला प्रशासन कार्यालयले मन्दिर खोलेपछि सञ्चालन गर्न भनेपछि रोकिएको प्रालीका नायब प्रबन्धक उज्वल शेरचनले जानकारी दिए ।
प्रशासनले सोमवारदेखी मन्दिर खुल्ला गर्ने निर्णय गर्ने जनाएको उनले बताए । मन्दिर खुल्ला गर्ने निर्णय सँगै केबलकार पनि मंगलबारबाट संचालन हुने भएको छ ।
