• बिहिबार, असोज ८ २०८३

इन्स्पेक्टर हुँ भन्दै धम्क्याएको आरोपमा एक पक्राउ


आइतबार, भाद्र २० २०७८
560
Shares


केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी)को इन्स्पेक्टर हुँ भन्दै धम्क्याएको आरोपमा एक जनालाई प्रहरीले पक्राउ गरेको छ।

शनिबार सल्यान दार्माकोट गाउँपालिका वडा नम्बर २ बस्ने ३२ वर्षीय दिपेन्द्र रोकायलाई इलाका प्रहरी कार्यालय कोहलपुरको टोलीले पक्राउ गरेको हो।

उनले बाँके कोहलपुर नगरपालिका वडा नम्बर ११ बसपार्क क्षेत्रका होटल तथा पसलहरूलाई आफू सिआइबीको इन्स्पेक्टर भन्दै धम्क्याउने गरेको आरोप छ।

धम्क्याएको भन्ने उजुरीपछि प्रहरीले उनलाई पक्राउ गरी थप अनुसन्धान अघि बढाएको छ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार