• बिहिबार, असोज ८ २०८३

विवाहको तयारीमा थिए सिद्धार्थ र शहनाज


आइतबार, भाद्र २० २०७८
870
Shares


एजेन्सी । हृदयघातका कारण सेप्टेम्बर २ मा अभिनेता सिद्धार्थ शुक्लाको मृत्यु भयो । मृत्युपछि बिग बोसको १३ औँ सिजनबाट उनीसँग नजिकिएकी शहनाज गिलको पनि चर्चा भइरहेको छ । उनीहरु विवाहको तयारीमा समेत भएको भारतीय सञ्चार माध्यमले जनाएका छन् ।

रिपोर्टको अनुसार शहनाज र सिद्धार्थ यसै वर्षको डिसेम्बरमा विवाह गर्ने तयारीमा थिए । भारतीय सञ्चार माध्यमले उनीहरुले इन्गेजमेन्ट पनि गरिसकेको बताउँदै आएका छन् ।

मिडिया रिपोर्टका अनुसार सिद्धार्थ र शहनाजले विवाहको तयारीका लागि परिवारलाई बताएका थिए । उनीहरु विवाहका लागि मुम्बईको एउटा होटलमा पनि कुराकानी गरिरहेका थिए । उनीहरुले विवाहका लागि ३ दिनको योजना बनाएका थिए ।

एक अन्तरवार्तामा बिग बोसका प्रतिस्पर्धी समेत रहेका अबु मलिकले सिद्धार्थ र शहनाज विवाहको तयारीमा रहेको खुलासा गरे ।

सिद्धार्थको अन्तिम संस्कारको समयमा शहनाज निकै भावुक देखिन्थिन् ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार