गोरखा । जिल्लामा लायन्स क्लव अफ गोरखाले संचालन गर्दै आएको लायन्स आँखा अस्पताललाई अझै ब्यवस्थित गराउन लायन्स आँखा सेवा केन्द्र गठन गरिएको छ ।

गोरखा नगरपालिकाका नगरप्रमुख राजनराज पन्तको प्रमुख आथित्यतामा भएको कार्यक्रममा योङकुमार श्रेष्ठको अध्यक्षतामा सेवा केन्द्र गठन गरिएको हो ।
केन्द्रको उपाध्यक्षमा श्रबणकुमार जोशी, सचिव अन्जितकुमार श्रेष्ठ, कोषाध्यक्ष श्यामबाबु श्रेष्ठ रहेका छन् ।
सेवा केन्द्रको सदस्यहरुमा धिरजबहादुर मास्के, सित्तलकाजी मास्के, भाईचन्द्र श्रेष्ठ, लक्ष्मणबाबु आचार्य, सुजन कुँवर रहेका छन् ।
