गोरखा । भिसमेन थापा गाउँपालिका वडा नम्बर ५ मा युवा नेता कुबिर पौडेल नेपाली कांग्रेसको वडा सभापति चयन भएका छन् ।
शुक्रवार भएको १४ औँ वडा अधिबेशनबाट पौडेल सर्वसम्मत चयन भएका हुन् । पाैडेल नेपाल तरुण दलकाे क्षेत्रिय उपाध्यक्ष समेत हुन ।
त्यस्तै अधिवेशनले उप सभापतिमा ऋषिराम बगाले, गोपिलाल श्रेष्ठ, सचिव राजु बगाले, बिनोद केसी, सह सचिव परशुराम सुनार, मुना भट्ट, कोषाध्यक्ष मनबहादुर भट्टराई र अन्य नौ जना सदस्य १५ जना क्षेत्रिय प्रतिनिधी चयन भएका छन् ।