• बिहिबार, असोज ८ २०८३

त्रिविको दीक्षान्त समारोहका लागि सोमबारदेखि अनलाइन आवेदन


आइतबार, भाद्र २० २०७८
730
Shares


काठमाडौं । त्रिभुवन विश्वविद्यालय (त्रिवि)ले आगामी दीक्षान्त समारोहका लागि अनलाइन मार्फत् आवेदन फारम संकलन सुरु गर्दै छ । सोमबारदेखि अनलाइन आवेदन भर्न सकिने छ ।

२०७७ असार १ गतेदेखि २०७८ जेठ मसान्तमसम्म ट्रान्सक्रिप्ट लिएका विद्यार्थीहरुलाई दीक्षित गर्न अनलाइन फाराम भर्ने व्यवस्था मिलाइएको हो ।

यो अवधिमा ट्रान्सक्रिप्ट लिएका विद्यार्थीहरुको संख्या करिब ३० हजार रहेको परीक्षा नियन्त्रक पुष्पराज जोशीले जानकारी दिए ।

अनलाइन फारम भरेकाहरुका लागि आगामी पुसभित्रै दीक्षान्त समारोह आयोजना गर्ने त्रिभुवन विश्वविद्यालयको तयारी छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार