गोरखा । गोरखा नगरपालिकाले बाल पाश्र्वचित्र निर्माण गरेको छ । यसअघि बालबालिका स्थितीपत्र सार्वजानिक गरेको गोरखा नगरपालिकाले आर्थिक बर्ष २०७७/७८ मा पाश्र्वचित्र निर्माण गरेको हो । बालमैत्री नगर निर्माणका लागि आवस्यक सुचकहरु पूरा गर्ने क्रममा यस बर्ष प्रोफाइल निर्माण गरेको प्रमुख प्रशासकीय अधिकृत दिनेशराज पन्तले बताए ।
नागरिक समाज सञ्चार नेटवर्कको सहकार्यमा निर्माण गरिएको पाश्र्वचित्र शनिबार एक कार्यक्रमका बिच नगरप्रमुख राजनराज पन्तले सार्वजानिक गरेका हुन । पाश्र्वचित्र करिब डेढ सय पेजको रहेको बताइएको छ ।
जसमा नगरक्षेत्रमा बसोबास गर्ने बालबालिकाको आर्थिक, सामाजिक, साँस्कृतिक, शैक्षिक, स्वास्थ्य लगायतको अवस्थाका बारेमा तथ्यांकगत जानकारी समावेश गरिएको छ । त्यस्तै पाश्र्वचित्रमा बालबालिका सम्बन्धि कानूनी ब्यवस्थाहरु, राष्ट्रिय नीति लगायत समेत समावेश गरिएको बताइएको छ ।
यस्तै पाश्र्वचित्रमा बालबालिका सम्बन्धि तथ्यांकलाई चार क्षेत्रहरु बाल बचावट, बाल संरक्षण, बालविकास र बाल सहभागिताको कोणबाट ब्याख्या गरिएको नगरपालिकाले जनाएको छ । साथै नगरक्षेत्रमा रहेका बाल क्लब, बाल सञ्जाल, विधालयमा रहेका बालक्लबको विवरण लगायतको समेत जानकारी पाश्र्वचित्रमा दिइएको प्रमुख प्रशासकीय अधिकृत पन्तले बताए ।
विमोचन कार्यक्रममा उपप्रमुख विनाकुमारी श्रेष्ठ, सामाजिक विकास शाखा प्रमुख विजयभक्त उपाध्याय, बाल सञ्जालका पदाधिकारी लगायतको सहभागिता रहेको थियो ।