• बुधबार, कार्तिक २६ २०८३

मनकामना केबलकार आजदेखी सञ्चालन हुने


आइतबार, भाद्र २० २०७८
755
Shares


गोरखा । लामो समयदेखी बन्द रहेको मनकामना मन्दिरको केवलकार आज (आइतबार)देखी पुनः सञ्चालन हुने भएको छ।

स्वास्थ्य सुरक्षाका सबै मापदण्ड पालना गरेर केवलकार सञ्चालन गर्न लागेको मनकामना केवलकार सञ्चालक राजेशबाबु श्रेष्ठले जानकारी दिए।

कोभिड—१९ को कारणले पाँच महिनादेखी बन्द भएको केबलकार तथा रेष्टुरेन्ट लगायतका सेवा आज भदौ २० गतेबाट स्वास्थ सुरक्षा मापदण्डका साथ पुनस् सन्चालन हुने भएको छ ।

मन्दिर खोल्ने सम्बन्धमा जिल्ला प्रशासन कार्यालय, गोरखाको निर्णय अनुसारनै हुने श्रेष्ठले बताए ।

कोरोना महामारीलाई ध्यानमा राख्दै कम्पनीले यसअघि देखिनै नगदरहित कारोबार इसेवा, फोन पे र खल्तीमार्फत टिकट काट्ने व्यवस्था गरेको छ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार