पृथ्वी राजमार्गको नौबिसे —मुग्लिन सडकखण्डको नाग्दीखोलामा पहिरो जाँदा सडक अवरुद्ध भएको छ ।
सडकमाथिबाट ढुंगासहित खसेको सुख्खा पहिरोका कारण यातायात अवरुद्ध भएको इलाका प्रहरी कार्यालय मुग्लिनले जनाएको छ ।
अहिले पहिरो हटाउने काम भइरहेको प्रहरी निरीक्षक सूर्यबहादुर रानाले बताए ।