• बिहिबार, असोज ८ २०८३

गोरखाका एकसहित ४ जना अवैध रुपमा यार्सागुम्बा कारोबार गरेको आरोपमा पक्राउ


शुक्रबार, भाद्र १८ २०७८
585
Shares


काठमाडौं । अवैध रुपमा यार्सागुम्बाको कारोबार गरेको आरोपमा गोरखाका एकसहित चार जनापक्राउ परेको छ ।

पक्राउ पर्नेमा गोरखाको चुमनुब्री गाउँपालिका–३ घर भई काठमाडौंको मित्रनगरमा बस्ने ४८ वर्षीय डुण्डुप गुरुङ, लमजुङको मस्र्याङ्दी गाउँपालिका–६ घर भई नयाँ बसपार्क बस्ने ५० वर्षीय बेलबहादुर थापा, लमजुङकै बेसीशहर नगरपालिका–११ घर भई बानियाँटार बस्ने ४० वर्षीय कृष्ण परियार र प्युठानको खलंगा नगरपालिका–११ घर भई तारकेश्वरमा बस्ने ४७ वर्षीय दानबहादुर जीसी रहेका छन् । उनहिरुलाई महानगरीय अपराध महाशाखाको टोलीले बिहीबार पक्राउ गरेको हो ।

अवैध रुपमा यार्सागुम्बाको कारोबार गरिरहेको सूचनाको आधारमा डुण्डुपको डेरा खानतलासी गर्दा १ किलो ८५० ग्राम यार्सागुम्बासहित चारै जनालाई पक्राउ गरिएको महाशाखाले जनाएको छ ।

पक्राउ परेकाहरुलाई आवश्यक कारबाहीको लागि शुक्रबार डिभिजन वन कार्यालय काठमाडौंमा बुझाइएको प्रहरीले जनाएको छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार