काठमाडौंको चोभारमा डेढ अर्ब लागतमा सुख्खा बन्दरगाह तयार भएको छ।
इन्टरमोडल यातायात विकास समितिले २२० रोपनी क्षेत्रफलमा चोभारमा ५ सय कन्टेनर अट्ने क्षमताको पूर्वाधार तयार भएको जनाएको छ।
करिब १ अर्ब ६० करोड लागतमा निर्माण गरिएको बन्दरगाहमा भन्सार, क्वारेन्टिनको लागि ३ वटा भवन निर्माण गरिएको छ। सामग्री भित्र्याउन र पठाउन ३ वटा गोदाम तयार भएका छन्। बन्दरगाह प्रवेशको लागि ३ वटा गेट निर्माण गरिएको छ। बन्दरगाहलाई मुख्यतः २ भागमा विभाजन गरिएको छ। जसमा विदेशबाट आयातनिर्यात र आन्तरिकको लागि फरक गेट प्रयोग गर्नुपर्ने हुन्छ।
बन्दरगाहमा सुरक्षाको लागि सशस्त्र प्रहरीको क्याम्पबाहेक सिसी क्यामेरा, लाइटको व्यवस्था गरिएको छ। बस्तीको नजिकै बन्दरगाह भएकाले ध्वनि प्रदूषण नियन्त्रण गर्न मेसिन जडान गरिएको छ।
२०७५ मा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले शिलान्यास गर्दै १८ महिनामा सक्ने लक्ष्य राखिएको थियो ।
विश्व बैंकको ऋण सहयोगमा चोभारमा सुख्खा बन्दरगाह निर्माण भएको हो।