• बिहिबार, असोज ८ २०८३

अवरुद्ध नारायणगढ–मुग्लिन सडकखण्ड सञ्चालनमा


शुक्रबार, भाद्र १८ २०७८
620
Shares


पहिरोले अवरुद्ध नारायणगढ–मुग्लिन सडकखण्ड सञ्चालनमा आएको छ ।

शुक्रबार बिहान ८ बजे नारायणगढ–मुग्लिङ सडक खण्डको इच्छाकामना गाउँपालिका–६ पाँच किलो र मुग्लिङ–काठमाण्डौ सडक खण्डको इच्छाकामना गाउँपालिका–५ घोप्टेभिरमा लेदो सहितको पहिरो खस्दा सडक अवरुद्ध भएको सडक १०ः१० बजेबाट दुवैतर्फ सुचारु भएको हो ।

जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनका अनुसार पहिरो पन्छाउने काम सम्पन्न भएको र सडकमा सवारी चल्न थालेको छ ।

पहिरो खसेसँगै नारायणगढ–मुग्लिन सडकखण्ड भएर चल्ने सवारी साधन रोकिएका थिए ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार