चर्चित फुटबल खेलाडी क्रिस्टियानो रोनाल्डोले म्यानचेस्टर युनाइटेडमा ७ नम्बरकैै जर्सी लगाउने भएका छन्।
१२ वर्षपछि युनाइटेड फर्केका रोनाल्डो ७ नम्बरकै जर्सीमा देखिने भएका हुन्। युनाइटेडमा ७ नम्बरको जर्सी लगाउदै आएका एडिन्सन काभानीले अब २१ नम्बरको जर्सी लगाउनेछन्।
२ वर्षको सम्झौतामा युनाइटेड पुगेका रोनाल्डोले सम्झौता थप्न सक्ने विकल्प पनि युनाइटेडले खुला राखेको छ।