आज शुक्रबार सुनको मूल्य बढेको छ।
बिहीबार ९० हजार ८ सय रुपैयाँमा कारोबार सुन आज १ सय रुपैयाँले बढेर प्रतितोला ९० हजार ९ सय रुपैयाँमा कारोबार भएको सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएको छ।
तर चाँदीको मूल्य भने घटेको छ। बिहीबार १ हजार २ सय ५ रुपैयाँ प्रतितोलामा कारोबार भएको चाँदी शुक्रबार १ हजार १ सय ९५ रुपैयाँमा कारोबार भएको हो।