काठमाडौं । जापानमा भइरहेको टोकियो पारा ओलम्पिक २०२० मा नेपालबाट सहभागी एक मात्र खेलाडी तेक्वान्दोकी पलेशा गोबर्ध्दन पहिलो खेलमै पराजित भएकी छन् ।
आज शुक्रबार बिहान भएको पहिलो चरणको खेलमा उनी बेलायती खेलाडी बेथ मुनरोसँग पराजित भएकी हुन् ।
५८ केजी तौल समूह मुनिको खेलमा पलेशा बेथसँग २१/८ अन्तरले पराजित भइन् । पहिलो राउण्डमा पलेशा ६/२ र दोस्रो राउण्डमा ८/२ ले पछि परिन् ।