• बिहिबार, असोज ८ २०८३

अझै केही दिन पानी पर्ने


शुक्रबार, भाद्र १८ २०७८
645
Shares


मनसुनी वायुको प्रभावले नेपालमा केही दिन अझै पानी पर्ने भएको छ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार अहिले मनसुनी न्यून चापीय रेखा नेपालको तराई भुभागभन्दा केही तल रहेको छ।

त्यसको प्रभाव देशैभरि परेको छ। शुक्रबार देशभर सामान्यदेखि पूर्ण बदली रही प्रदेश नम्बर १, गण्डकी ,कर्णाली र लुम्बिनी प्रदेशका केही स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार पानी पर्ने क्रम केही दिन जारी रहनेछ।

यस्तो छ तीन दिनको मौसम पूर्वानुमानः

२०७८ भदौ १८ गते (शुक्रबार)

दिउँसोः देशभर सामान्य बदली रही धेरै स्थानहरूमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। प्रदेश नं १, २, बागमती र गण्डकी प्रदेशका एक वा दुई स्थानमा मेघ गर्जनरचट्याङ्ग सहित भारी वर्षाको सम्भावना रहेको छ।

रातीः देशभर सामान्य बदली रही केही स्थानहरूमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। बागमती प्रदेश र गण्डकी प्रदेशका एक वा दुई स्थानमा मेघ गर्जन/चट्याङ्ग सहित भारी वर्षाको सम्भावना रहेको छ।

२०७८ भदौ १९ गते (शनिबार)

दिउँसोः देशभर सामान्य बदली रही धेरै स्थानहरूमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। प्रदेश १ र गण्डकी प्रदेशका एक वा दुई स्थानमा मेघ गर्जन/चट्याङ्ग सहित भारी वर्षाको सम्भावना रहेको छ।

रातीः देशभर सामान्यदेखि पूर्ण बदली रही केही स्थानहरूमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। प्रदेश २ र गण्डकी प्रदेशका एक वा दुई स्थानमा मेघ गर्जन/चट्याङ्ग सहित भारी वर्षाको सम्भावना रहेको छ।

२०७८ भदौ २० गते (आइतबार)

दिउँसोः देशभर सामान्य बदली रही धेरै स्थानहरूमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। प्रदेश १ का एक वा दुई स्थानमा मेघ गर्जन/चट्याङ्गसहित भारी वर्षाको सम्भावना रहेको छ।

रातीः देशभर सामान्यदेखि पूर्ण बदली रही धेरै स्थानहरूमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। प्रदेश १, बागमती, गण्डकी र सुदूरपश्चिम प्रदेशका एक वा दुई स्थानमा मेघगर्जन/चट्याङ्गसहित भारी वर्षाको सम्भावना रहेको छ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार