काठमाडौं । सामलिङ्ग पावर कम्पनी लिमिटेडले जारी गर्न लागेको स्थानीयका लागि साधारण शेयर (आईपीओ) का लागि भोलि शुक्रबारदेखि आवेदन खुला हुने भएको छ ।
कम्पनीले आयोजना प्रभावित इलाम जिल्लाका स्थानीयहरुका लागि आईपीओ जारी गर्न लागेको हो । आईपीओ प्रतिशेयर १०० अंकित मूल्यका ५ लाख कित्ता साधारण शेयर निष्कासन गर्न लागेको हो ।
निष्कासन गरिने कुल शेयरमध्ये ६० प्रतिशत अर्थात् ३ लाख कित्ता आयोजना प्रभावित क्षेत्र ईलाम जिल्लाका बासिन्दाहरुका लागि र बाँकी ४० प्रतिशत २ लाख कित्ता आयोजना अति प्रभावित क्षेत्र ईलाम नगरपालिका वडा नं। ८ र १० तथा माईजोगमाई गाँउपालिका वडा नं। ४ र ५ का बासिन्दाहरुका लागि निष्कासन गर्न लागेको हो ।
आईपीओमा नेपाल एसबिआई बैंक, एनएमबि बैंक, सिद्धार्थ बैंक, सिभिल बैंक र लक्ष्मी बैंकका ईलाम शाखा कार्यालयबाट आवेदन दिन सकिनेछ ।