• शुक्रबार, असोज ९ २०८३

सामसङले ल्यायो ग्यालेक्सी एफ–२२, यस्ता छन् विशेषता ?


बिहिबार, भाद्र १७ २०७८
650
Shares

सामसङले हालै मात्र २५ हजार रूपैयाँ पर्ने नयाँ (ब्लकबस्टर) ग्यालेक्सी एफ–२२ मोबायल फोन ल्याएको छ।

ग्यालेक्सी एफ–२२ बाट सामसङले पहिलोपटक नेपालमा आफ्नो एफ सिरिज स्मार्टफोन बिक्री सुरू गरेको हो। यो फोनलाई कम्पनीले सस्तो र राम्रो फोनको सूचीमा राखेको छ।

ग्यालेक्सी एफ–२२ मा ६।४ इन्चको एचडी प्लस सुपरएमोलेड इन्फिनिटी यू डिस्प्ले छ र यसमा ९० हर्जको रिफ्रेस रेट छ। ग्यालेक्सी एफ–२२ को तौल जम्मा २०३ ग्राम छ।

यसको दायाँपट्टि भोल्युम अप–डाउन बटन र बायाँपट्टि भने सिम स्लट छ। यसमा हामीले आफ्नो इच्छा अनुसार मेमोरी कार्ड पनि हाल्न सक्छौं। यसको पछाडि चारवटा क्यामरा छ । जसमा मुख्य क्यामरा ४८ मेगापिक्सलको छ भने ८ मेगापिक्सलको अल्ट्रा–वाइड क्यामरा, २ मेगापिक्सलको म्याक्रो क्यामरा र २ मेगापिक्सलको डेप्थ क्यामरा छ। यसको अगाडिपट्टिको माथितिर भने १३ मेगापिक्सलको सेल्फी क्यामरा छ।

ग्यालेक्सी एफ–२२ चार जिबी र्‍याममा ६४ जिबी इन्टरनल स्टोरेज र ६ जिबी र्‍याममा १२८ जिबी इन्टरनल स्टोरेजको विकल्प साथ आएको छ।

यसमा ६ हजार एमएएचको ब्याट्री पावर र २५ वाटको चार्जिङ क्षमता छ। यो ब्याट्री क्षमताका कारण प्रयोगकर्ताले विना कुनै अवरोध लामो समयसम्म फोन चलाउन सक्ने कम्पनीले बताएको छ। साथै फोन अनलक गर्न यसमा फिंगरप्रिन्ट सेन्सर पनि छ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार