काठमाडौं । कश्मीरका चर्चित नेता सैयद अली शाह गिलानीको बुधबार राति निधन भएको छ ।
९१ वर्षीय गिलानी अल पार्टी हुर्रियत कन्फरेन्सका अध्यक्ष थिए ।
गिलानी कश्मिरमा सक्रिय पृथकतावादी नेता हुन् । २९ सेप्टेम्बर १९२९ मा जन्मिएका उनी हुर्रियत कन्फरेन्सका उदारवादी नेता मानिन्छन् । उनी कश्मीरको सोपोर विधानसभामा तीनपटक विधायकको भूमिकामा निर्वाचित भएका थिए ।
उनले १९९० को दशकमा हिंसात्मक आन्दोलनमा रहेको धडोसँग मिलेर अल पार्टी हुर्रियत कन्फरेन्स गठन गरेका थिए ।