• शुक्रबार, असोज ९ २०८३

कीर्तिमान तोड्दै रोनाल्डो बने अन्तर्राष्ट्रिय फुटबलमा सर्वाधिक गोलकर्ता


बिहिबार, भाद्र १७ २०७८
900
Shares

काठमाडौं । पोर्चुगलका क्रिस्टियानो रोनाल्डोले अन्तर्राष्ट्रिय फुटबलमा सर्वाधिक गोल गर्ने कीर्तिमान बनाएका छन् ।


आयरल्याण्डविरुद्ध दुई गोल गर्दै रोनाल्डोले इरानका अली देइको नाममा रहेको १०९ गोलको कीर्तिमान तोडेका हुन । उनले २ गोल गर्दै अन्तर्राष्ट्रिय फुटबलमा गोलसंख्या १११ पुर्‍याएका हुन् ।अली देइले सन् १९९३ देखि २००६ सम्म खेल्दै १०९ गोल गरेका थिए । रोनाल्डोले युरो २०२० का क्रममा देइको बराबरी गरेका थिए ।

उनले अन्तर्राष्ट्रिय पुटबलमा आफ्नो देशका लागि सर्वाधिक खेल खेल्ने स्पेनका सर्जियो रामोसको कीर्तिमान पनि बराबरी गरेका छन ।

युरोकपको सर्वाधिक गोलकर्तासमेत रहेका रोनाल्डोले युरोमा १४ गोल गरेका छन् ।

रोनाल्डोले कुन प्रतियोगितामा कति गोल गरे

विश्वकप छनोट – ३३ गोल

युरोकप छनोट – ३१ गोल

अन्तर्राष्ट्रिय मेत्रीपूर्ण – १९ गोल

युरोकप – १४ गोल

विश्वकप – ७ गोल

युइएफए नेसन्स लिग – ५ गोल

कन्फेडेरेन कप – २ गोल

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार