• शुक्रबार, असोज ९ २०८३

गोरखा सदरमुकाममै तासकाे अखडा, प्रहरीले छापा मार्दा २ लाखबढि रकमसहित ८ जना पक्राउ


बुधबार, भाद्र १६ २०७८
1.1K
Shares

गोरखा । तासको खालबाट नगद सहित गोरखा सदरमुकामबाट ८ जना पक्राउ परेका छन्। गोरखा नगरपालिका–६, स्थित हरमटारी बजार नजिकै रेडक्रस मार्गमा तास खेलिरहेका ८ जनालाई नगद सहित पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय गोरखा जनाएकाे छ ।

प्रहरीले तासको खालबाट उनिहरु सहित २ लाख २८ हजार ७३० रुपैया समेत बरामद गरेको बताइएकाे छ ।

हरमटारी स्थित स्थानिय गणेश श्रेष्ठको घरमा जुवातास खेली होहल्ला गरिरहेको भन्ने सूचनाका आधारमा प्रहरीले छापा मार्दा गोरखा नगरपालिका वडा नम्बर ८ घर भएका ३५ बर्षको बुद्धि घले, ४४ बर्षका बसन्त कुमार गुरुङ, वडा नम्बर ६ का ३१ बर्षका राम गुरुङ, ४९ बर्षका भरत श्रेष्ठ, सिरानचोक गाउँपालिका वडा नम्बकर ६ घर भएका धिरज गुरुङ, २८ बर्षका सबिन गुरुङ, अजिरकोट गाउँपालिका–४, का ४४ बर्षका सुके भनिने धनबहादुर गुरुङ, धार्चे गाउँपालिका–२, का २९ बर्षका समिर गुरुङ रहेको डिएसपी प्रकाश दाहालले जानकारी दिए ।

उनिहरु विरुद्ध मुलुकी अपराध संहिता (२०७४) बमोजिम जुवा सम्बन्धी कसूरमा मुद्दा दर्ता गरी जिल्ला प्रशासन कार्यालय गोरखाबाट ४ दिनको म्याद थप गरेर अनुसन्धान प्रक्रिया अघि बढाइएको प्रहरीले जनाएको छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार