• बिहिबार, साउन १४ २०८३

बुधबार थप २ हजार ५२ जनामा कोरोना संक्रमण, २० जनाको मृत्यु


बुधबार, भाद्र १६ २०७८
955
Shares

काठमाडौं । पछिल्लो २४ घण्टामा थप २ हजार ५२ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १० हजार ६ सय १२ पीसीआर परीक्षणमा १ हजार ६ सय ४८ र ४ हजार ३ सय २३ एन्टिजेन परीक्षणमा ४ सय ४ जना गरी २ हजार ५२ जनामा संक्रमण पुष्टि भएको हो ।

त्यसैगरी पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा ७ सय १९ जनामा संक्रमण पुष्टि भएको छ । जसमध्ये काठमाडौंमा ४ सय ७१, भक्तपुरमा १ सय ४६ र ललितपुरमा १ सय २ जना संक्रमित भेटिएका छन् ।

मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ३ हजार ३० जना कोरोना संक्रमणमुक्त भएका छन भने कोरोनाका कारण २० जनाको मृत्यु भएको छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार