सर्लाहीको ब्रह्मपुरी गाउँपालिका–७ का वडाध्यक्ष श्याम सुन्दर यादवविरुद्ध गाउँकी एक महिलाले जबर्जस्ती करणीको आरोप लगाएकी छन्।
वडाध्यक्ष यादवले यही भदौ ५ गते राति आफूलाई बलात्कारको प्रयास गरेको भन्दै छिमेकी एक महिलाले जिल्ला प्रहरी कार्यालय मलंगवामा जाहेरी दिएकी हुन्।
महिलाबाट जाहेरी आएपछि सर्लाही प्रहरीले घटनाबारे अनुसन्धान अघि बढाइएको छ।
वडाध्यक्षविरुद्ध उजुरी दिने महिला विवाहित हुन्। उनका पति बैदेशिक रोजगारीमा छन्। वडाध्यक्ष यादवले घरमै आएर आफूलाई बलात्कारको प्रयास गरेको जाहेरीमा उल्लेख गरिएको छ। तर, वडाध्यक्ष यादवले भने आरोप अस्वीकार गरेका छन्।