गोरखा । प्राज्ञिक विद्यार्थी परिषद् नेपालले बाढी पहिरो प्रभावित गोरखा जिल्लाको पालुङटार नगरपालिकाका विभिन्न स्थानका एक सय परिवारलाई राहत सामाग्री वितरण गरेको छ । पालुङटारका बिभिन्न स्थानमा केहि समयअघि गएकाे पहिराे प्रभावित परिवारकाे सहयाेगका लागि भन्दै परिषदले बिभिन्न राहतका सामाग्री वितरण गरेकाे हाे ।
जसमा एक सय थान सुविधा सम्पन्न टेन्ट, एक सय थान प्लास्टिक सिट्स, ६ सय ७० थान स्लिपिङ म्याटस, १ सय प्याकेज गाउँघरमा सामान्यतया बढी प्रयोग गरिने औसधी लगायतका सामाग्री रहेकाे नगरप्रमुख ई दिपक बाबु कडेंलले जानकारी दिए ।
मंगलबार पालुङटारमा सम्पन्न उक्त राहत सामग्री वितरण कार्यक्रममा प्राज्ञिक विद्यार्थी परिषद नेपालका राष्ट्रिय अध्यक्ष डा गोपिनाथ कंडेल, राष्ट्रिय सह संगठन सचिव रमेश कंडेल, राष्ट्रिय महासचिव छितराज न्यौपाने, पालुङटार नगरपालिकाका प्रमुख ई दीपक बाबु कंडेल, प्रहरी निरीक्षक सोम दास ढकाल प्रशासन कार्यालयका सामाजिक एवं शैक्षिक व्यक्ति मदन देवकोटा, परिषद चितवन मेडिकल कलेजकि सह संयोजक डा आयुष्मा खाड्का, आपपिपल अस्पतालका प्रशासकीय अधिकृत बाबुराम गीरी, बौद्ध युवा क्लबका अध्यक्ष किरण गीरी लगायत बाढी पहिरोबाट प्रभावित केहि परिवारको उपस्थिति रहेको थियो ।
उक्त राहत सामग्री भारतीय जनता र सरकारले प्राज्ञिक विद्यार्थी परिषद नेपाललाई बाढी पहिरो प्रभावित परिवारलाई वितरण गर्नका लागि उपलब्ध गराएको समेत बताइएकाे छ ।