गोरखा । धार्चे गाउँपालिकाले १४ औं पुस्तकालय दिवश मनाएकाे छ । दिवशका अवसरमा गाउँपालिकाकाे केन्द्र माछीखाेलामा पुस्तक प्रदर्शनी र अन्तरकृया कार्यक्रम सम्पन्न भएकाे हाे ।
गाउँपालिका अध्यक्ष सन्ताेष गुरुङकाे अध्यक्षतामा सम्पन्न भएकाे कार्यक्रममा पुस्तकालयकाे आवस्यकताका बारेमा छलफल भएकाे थियाे । कार्यक्रममा पुस्तक प्रदर्शनी समेत आयाेजना गरिएकाे अध्यक्ष गुरुङले बताए ।
कार्यक्रममा गाउँपालिकाका कर्मचारी, बिभिन्न विधालयका शिक्षक तथा बिधार्थी, गैससका प्रतिनिधी लगायत स्थानीय बासिन्दाकाे सहभागीता रहेकाे बताइएकाे छ ।