गोरखा । गोरखाका आठ सय चेपाङ परिवारलाई आद्धान्न सहयाेग गरिएकाे छ । गण्डकी गाउँपालिकाका बिभिन्न वडामा बसाेवास गर्ने चेपाङ समुदायलाई सम्भव नेपाल नामक गैरसरकारी संस्थाले खाद्धान्न सहयाेग गरेकाे हाे ।
संस्थाका अध्यक्ष प्रेम खत्रीकाे पहलमा आठ सय चेपाङ परिवारलाई प्रति परिवार दुई हजार रुपैयाँ बरावरको खाद्यान्न बितरण गरेका गरिएकाे हाे ।
कोभिडबाट प्रभावित चेपाङ परिवारकाे दैनिक जिविकामा सहयाेग गर्न भन्दै खाद्धान्न वितरण गरिएकाे अध्यक्ष खत्रीले बताए । गण्डकी गाउँपालिकाको अनुराेध तथा समन्वयमा आर्थिकस्तर कमजोर भएका चेपाङ समुदायलाई सहयोग गरिएकाे उनकाे भनाई छ ।
गण्डकी गाउँपालिका गोरखाको सबैभन्दा धेरै चेपाङ बस्ती रहेको स्थानीय तह हो । दैनिक ज्याला मजदुरी गरेर गुजारा गर्दै आएका चेपाङ समुदाय खाद्यान्न पाएपछि खुसी भएका छन् । उनिहरुलाई मंगलबार गाउँपालिकामै पुगेर साे संस्थाले चालम लगायतका खाद्धान्न वितरण गरेकाे हाे ।
वितरण कार्यक्रममा गाउँपालिका अध्यक्ष हाेमबहादुर राना, उपाध्यक्ष ललिता अधिकारी, चेपाङ संघका केन्द्रिय अध्यक्ष जितेन्द्र चेपाङ, अकाेरावका केन्द्रिय महासचिव किशाेरजंग थापा, नेपाल पत्रकार महासंघ गोरखाका अध्यक्ष नरहरि सापकाेटा, वडाध्यक्षहरु लगायतकाे सहभागिता रहेकाे थियाे ।
सहयाेग गर्ने संस्थाका अध्यक्ष खत्री गोरखा आरुपाेखरीका स्थायी बासिन्दा समेत हुन् ।