काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर १ हजार ६ सय ६४ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ९ हजार १ सय १७ पीसीआर परीक्षणमा १ हजार ५ सय २३ र ३ हजार १ सय ५ एन्टीजेन परीक्षणमा १ सय ४१ जना गरी कुल १ हजार ६ सय ६४ जनामा संक्रमण पुष्टि भएको हो ।
सोही अबधिमा १ हजार ७ सय ८६ जना संक्रमणमुक्त भएका छन् भने कोरोना संक्रमणका कारण २० जनाको मृत्यु भएको छ । यससँगै देशभर कोरोनाबाट मृत्यु हुनेको कुल संख्या १० हजार ७ सय ५० जना पुगेको छ ।
मन्त्रालयका अनुसार मंगलबार थपिएसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ७ लाख ६२ हजार ६४७ पुगेको छ । हाल देशभर ३५ हजार ५९१ जना सक्रिय संक्रमित रहेका छन् । संक्रमितमध्ये १६४ जना भेन्टिलेटरमा रहेका छन् भने ५३७ जना आईसीयूमा रहेका छन् ।
यस्तै १० वर्ष मुनिका ४७ बालबालिकामा कोरोना संक्रमण पुष्टि भएको छ भने ११ देखि २० वर्ष उमेर समूहका १ सय १६ जना कोरोना संक्रमित थपिएका छन् ।