टोक्यो पारालिम्पिकमा नेपाली तेक्वान्दो खेलाडी पलेसा गोवर्द्धनले पहिलो चरणमा बेलायतकी बेथ मुनरोसँग प्रतिस्पर्धा गर्ने भएकी छिन्।
शुक्रबार हुने खेलमा महिला के–४४ विधाको ५८ केजी तौल समूहमा उनले प्रि–क्वाटरफाईनल बेथसँग भिड्ने भएकी हुन्।
कुल ११ खेलाडीले स्पर्धा गर्ने यो तौल समूहमा ५ खेलाडीले सिधै क्वार्टरफाइनलमा स्थान बनाएका छन्।