• शुक्रबार, असोज ९ २०८३

काठमाडौँको फोहोर बुधबारदेखि उठाइने


मंगलबार, भाद्र १५ २०७८
545
Shares

काठमाडौँ महानगर र उपत्यकाका सडक चोकमा थुप्रिएको फोहोर बुधबार बिहानदेखि उठ्ने भएको छ।

काठमाडौँ महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यको संयोजकत्वमा काठमाडौँका प्रमुख जिल्ला अधिकारी, सडक विभागका महानिर्देशक, प्रहरी वरिष्ठ उपरीक्षकसहित मंगलबार बसेको बैठकले यस्तो निर्णय गरेको हो।

सिसडोलमा फोहोर व्यवस्थापनको काम ०६२ सालदेखि हुँदै आएको छ । काठमाडौँका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद रिजालले बैठकमा सकारात्मक छलफल भई फोहोर उठाउने र फोहोर उठाउन र त्यहाँ व्यवस्थापन गर्ने सन्दर्भमा सुरक्षा चुनौति देखियो भने शान्ति–सुरक्षाको व्यवस्था गृह प्रशासनले मिलाउने निर्णय भएको जानकारी दिए।

काठमाडौँ महानगरपालिकाका प्रमुख शाक्यले सोमबार प्रधानमन्त्री शेरबहादुर देउवासँग भेट गरी फोहोर व्यवस्थापनमा सहयोग गर्न अपील गरेका थिए।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार