Old City from the Mount of the Olives
काठमान्डौं । ‘केयरगिभर’का लागि इजरायल जानेहरूको भाषा परीक्षा भदौ अन्तिम साता हुने भएको छ।
रोजगारीका लागि आवेदन दिई वैदेशिक रोजगार विभागबाट स्वीकृत भएकाहरूको भदौ २८ गते अंग्रेजी भाषाको लिखित परीक्षा काठमाडौंका विभिन्न केन्द्रमा दिउँसो १ बजेदेखि भौतिक उपस्थितिमा हुने वैदेशिक रोजगार विभागले जनाएको छ ।
केन्द्र र परीक्षार्थीहरूको प्रवेशपत्र विभागको वेवसाइटमार्फत जानकारी गराइने विभागले जानकारी दिएको छ।
भाषा परीक्षापछि परीक्षार्थीले प्राप्त गरेको अंक सम्बन्धित व्यक्तिको अनलाइन प्रोफाइलमा विज्ञले प्रविष्ट गरिदिने व्यवस्था छ। सोही प्राप्तांकका आधारमा छनोट समितिले योग्यताक्रम कायम गरी इजरायलबाट प्राप्त मागअनुसारभन्दा २५ प्रतिशत बढी उम्मेद्वारको नामवाली तयार गर्ने विभागले जनाएको छ।
इजरायलले नेपालीहरूलाई विश्वास गरेर छनोटको अधिकार दिएकाले चुस्त र पारदर्शी तरिकाबाट छनोट प्रक्रिया अगाडि बढाउनु आवश्यक रहेकाले त्यसमा विशेष ध्यान पुर्याइने विभागको भनाइ छ।