• बिहिबार, साउन १४ २०८३

गोरखाका ३० जनासहित गण्डकीमा थप एक सय ७० मा कोरोना पुष्टि


सोमबार, भाद्र १४ २०७८
515
Shares


गण्डकी प्रदेशमा थप एक सय ७० जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ । प्रदेशमा पछिल्लो २४ घण्टामा ९ सय ४८ जनामा गरिएको नमूना परिक्षणमा एक सय ७० मा संक्रमण देखिएको हो। संक्रमित मध्ये ८१ महिला र ८९ जना पुरुष रहेका छन् ।

प्रदेशका ५ जिल्लामा गरिएको नमूना परिक्षणमा सवै भन्दा धेरै कास्कीमा संक्रमित भेटिएको प्रदेश स्वास्थ्य आपतकालिन कार्य संचालन केन्द्रका संयोजक नवराज शर्माले जानकारी दिए ।


उनका अनुसार कास्की ७३, स्याङ्जा ५, म्याग्दी ७, गोरखा ३०, तनहुँमा ६ र नवलपरासी पूर्वमा १७ जनामा संक्रमण देखिएको हो । योसँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या ८१ हजार २ सय ७८ पुगेको छ ।

प्रदेशका विभिन्न अस्पतालमा उपचाररत ३ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा पोखरा–१२ का ७७ बर्षिय पुरुष, स्याङजा गल्याङ–७ की ४७ बर्षिय महिला र स्याङजाकै वालिङ– १ की ५८ बर्षिय महिलाको मृत्यु भएको छ।

योसँगै गण्डकी प्रदेशमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १ हजार २सय ९३ पुगेको छ। प्रदेशमा हालसम्म ७६ हजार ७०३ जना कोरोना भाइरस संक्रमणमुक्त भएका छन् । प्रदेशमा एकै दिन संक्रमणमुक्त हुनेको संख्या ३०३ पुगेको छ ।

गण्डकीमा सक्रिय कोरोना संक्रमितको संख्या ३ हजार २ सय ८२ रहेको स्वास्थ्य निर्देशनालयले जनाएको छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार