• शुक्रबार, असोज ९ २०८३

एसिड बिक्री वितरण गरेको आरोपमा ३ जना पक्राउ


सोमबार, भाद्र १४ २०७८
545
Shares


काठमाडौं । प्रहरीले विना इजाजत एसिड ओसारपसार तथा बेचबिखन गरेको आरोपमा पोखराबाट तीन जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा जीपचालक बाराको जीतपुरसिमरा उपमहानगरपालिका–१५ घर भई चितवनको भरतपुर बेलचोक बस्ने १९ वर्षीय मीनबहादुर भारती, सोही जीपमा सवार विराटनगर महानगर पालिका–२ घर भई भरतपुरमै बस्ने २९ वर्षीय केशव सिंह र अभिषेक औजार पसलका सञ्चालक बागलुङ नगरपालिका–७ ढिकीचौर घर भई पोखरा महानगरपालिका–२ मोहरिया टोल बस्ने बलबहादुर विक रहेका छन् ।

महानगरपालिका–४ गैह्रापाटनमा ग ३ च ११४३ नम्बरको जीपमा सिलबन्दी तथा लेवलिङ नलगाएको १ हजार केजी एसिड र पोखरा–२ मौरिया टोलस्थित अभिषेक औजार पसलबाट सिलबन्दी र लेबलिङ नलगाई बेच्न राखेको ३५० केजी एसिड बरामद गरी तीन जनालाई प्रहरीले सोमबार पक्राउ गरेको हो ।

विना इजाजत एसिडको ओसारपसार तथा बेचबिखन भइरहेको भन्ने सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय कास्कीबाट खटिएको टोलीले उनीहरुको निगरानी गरेको एसिड बरामद गरेको प्रहरीले जनाएको छ ।

उनीहरुमाथि तेजाब तथा अन्य घातक रासायनिक पदार्थ (नियमन) अध्यादेश, २०७७ बमोजिम मुद्दा दर्ता गरी थप अनुसन्धान प्रक्रिया अगाडि बढाइएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार